Thursday, 9 February 2023

छुट्ला है ! सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।

Stoke Bazar


सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।


कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।


कति दिने आवेदन ?


यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 


कहाँबाट दिने आवेदन ?


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।


को हो बिक्री प्रबन्धक ?


आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

Wednesday, 8 February 2023

माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने, सेयर पाउने भाग्यमानी कति

 माया खोला हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने, सेयर पाउने भाग्यमानी कति 



काठमाडौं : माया खोला हाइड्रोपावरकोआइपीओ बिहीबार (माघ २६ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यता, माया खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । 

 

यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ९९ हजार २०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ९८ हजार ५२३ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । 

 

यो मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 

 

बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।


 मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , सबैले आवेदन दिन मिल्ने।



र्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।


यस अघि स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपियो निष्कासन गरेको कम्पनीले कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , सबैले आवेदन दिन मिल्ने।

मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , सबैले आवेदन दिन मिल्ने।


कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात रू. ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गर्दै छ।


कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिनेछ।


कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।


 

Tuesday, 7 February 2023

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 पेट्रोलियम पदार्थको मूल्य वृद्धि



सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।


वृद्धि गरिएको मूल्य आजै माघ २३ गते राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’

Monday, 6 February 2023

सुपरमाई हाइड्रोको आईपीओमा पहिलाे दिन कति पर्याे आवेदन ?

 सुपरमाई हाइड्रोको आईपीओमा पहिलाे दिन कति पर्याे आवेदन ?



सुपरमाई हाइड्रोको आईपीओमा पहिलाे दिन कति पर्याे आवेदन ?


सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ २३ गतेदेखि लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे छ । कम्पनीले यसअघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।


सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा पहिलाे दिन बेलुका ५ बजेसम्म २ लाख ८७ हजार ८ सय ५९ जना लगानीकर्ताहरूले ३२ लाख ५८ हजार ४ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा धेरै आवेदन हाे ।


कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे हो।


यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २६ गते गतेसम्म ढीलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 


त्यसैगरी, कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

धिताेपत्र बोर्डका अध्यक्ष हमालले गरे आराेपकाे वचाउ, पाँच पन्ने विज्ञप्ति मार्फत दिए कामकाे फेहरिस्त

 धिताेपत्र बोर्डका अध्यक्ष हमालले गरे आराेपकाे वचाउ, पाँच पन्ने विज्ञप्ति मार्फत दिए कामकाे फेहरिस्त



नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु माथि लागाइएका आराेपकाे खण्डन गरेका छन् । पाँच पन्ने बिज्ञप्ति मार्फत हमालले ११ महिनाको समय अवधिमा १० काम गरेको दावी गरेका छन् । 


गत फागुनमा बोर्डको अध्यक्षमा नियुक्त भएदेखि आफूले कानुन संशोधनदेखि रेटिङसम्मका काम गरेको दावी उनले गरेका छन् । उनले दावी गरेका १० कामको फेहरिस्ता निम्न अनुसार छन् ।







राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने



राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रीको राजीनामा स्वीकृत गरिएको हो ।

रास्वपाका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका थिए ।

सरकारलाई समर्थन गरेपनि सरकारबाट बाहिरिने रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठकले हिजाे निर्णय गरेको थियो । पार्टिका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै तीन मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेसँगै उनीहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

तीन मन्त्रीहरुको राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्ड’ले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता समिर आचार्यले बताए ।

 

सुपरमाई हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

 सुपरमाई हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने



सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (माघ २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।


कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।




कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


सुपरमाई हाइड्रोपावरद्वारा प्रबद्र्धित ७.८ मेगावबाटको सुपरमाई जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ। आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७३ फागुन ३० गतेदेखि २१०८ फागुन २९ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ।



Sunday, 5 February 2023

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन कायम राख्ने

 सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन कायम राख्ने




राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।


उक्त बैठकले सरकारमा रहने वा नरहने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टिका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय मात्र नभएर मन्त्री नै नबनाउने बताएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।





 



नक्कली नोट सहित २ जना सिरहा को लहान बाट पक्राउ

 नक्कली नोट सहित २ जना सिरहा को लहान बाट पक्राउ परेको को छ।।।



नक्कली नोट सहित २ जना सिरहा को लहान बाट पक्राउ 

नक्कली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलीले लहान नगरपालिका १०का २७ वर्षीय अरमान शेख र लहान ९ का ३० वर्षका मोहम्मद ओसिमलाई पक्राउ गरेको हो । 


उनीहरूको साथबाट चार लाख ३६ हजार नक्कली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। दुई जनाले एक हजार दरका नोट बोकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


गोप्य सूचना पाएको प्रहरीको टोलीले सिरहाको लहानस्थित पशुपति माध्यमिक विद्यालयको अगाडिबाट उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय लाहानमा राखिएको छ ।

आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस


आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस

 



आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस


हामीले शेयर खरिद गर्दा र बिक्रि गर्दा ब्रोकरले नै सहयोग गर्ने गर्दा छ।


उक्त कार्य गरे वापत ब्रोकरले केहि शुल्क लिने गर्दछ। तपाइले आफुले शेयर खरिद गर्दा र बिक्रि गर्दा कति शुल्क लाग्छ भनेर हिसाब गर्नको लागि यहाँ क्लिक गर्नु होला। हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु रहेका छन। आज हामीले त्यहि ब्रोकर कमिसन र अन्य कुरा बारे छलफल गर्ने छौ।


आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस

आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस


धितोपत्र वा रकम समयमै प्राप्त नभएमा के गर्ने ? 


धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ । यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।


यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ ।


धितोपत्र कारोवार राफसाफ


लगानीकर्ताको अदेशानुसार धितोपत्र दलालबाट कारोबार सम्पन्न भएपछि सो को जानकारी लगानीकर्तालाई दिनु पर्दछ । लगानीकर्ताले पनि आफ्नो आदेशानुसार कारोवार भए नभएको बारेमा आफुले धितोपत्र खरिद बिक्रिको लागी आदेश दिएको धितोपत्र दलालसँग सम्पर्क गरी बुझ्न सक्दछन् । धितोपत्रको कारोबार भइसके पछि CDS and Clearing Ltd. ले राफसाफ तथा फछ्र्यौट गर्दछ ।


यसका लागि लगानीकर्ताको तर्फबाट सेयर किन्ने दलालले कारोबार भएको भोलिपल्ट CDS and Clearing Ltd. को खातामा रकम जम्मा गर्नुपर्छ भने बेच्ने दलालले लगानीकर्ताको Demat Account बाट अभौतिक सेयर खिची Pull Account मा सार्नु पर्दछ । यसरी CDS and Clearing Ltd. को खातामा जम्मा भएको रकम तथा सेयर सम्बन्धित दलालको खातामा तेस्रो दिन जम्मा हुन्छ र सोही रकम तथा सेयर लगानिकर्ता सम्म पुग्दछ ।


कारोबार कमिसन

विभिन्न किसिमका धितोपत्रहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ ।


सेयरको कारोबारमा

क्र.सं. विवरण (रु.मा) कमिसन (प्रतिशत)

१ ५०,००० सम्म ०.४०

२ ५०,००१ देखि ५,००,००० सम्म ०.३७

३ ५,००,००१ देखि २०,००,००० सम्म ०.३४

४ २०,००,००१ देखि १,००,००,००० सम्म ०.३०

५ १,००,००,००० देखि माथी ०.२७


सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा

क्र.सं. विवरण (रु.मा) कमिसन (प्रतिशत)

१ ५,००,००० सम्म ०.१०

२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.०५

३ ५०,००,००० देखि माथी ०.०२


सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा

क्र.सं. विवरण (रु.मा) कमिसन (प्रतिशत)

१ ५,००,००० सम्म ०.१५

२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.१२

३ ५०,००,००० देखि माथी ०.१०


 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...