Thursday, 9 February 2023

छुट्ला है ! सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।

Stoke Bazar


सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।


कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।


कति दिने आवेदन ?


यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 


कहाँबाट दिने आवेदन ?


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।


को हो बिक्री प्रबन्धक ?


आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

No comments:

Post a Comment

 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...