Sunday, 29 January 2023

रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै।


 रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाँदै।

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी आएको छ।

‘उहाँ आज नागरिकता लिन आउने कुरा छ । नेपाली नागरिकताका लागि उहाँले प्रक्रिया अगाडि बढाएपछि त्यसबारे हामीले गृह मन्त्रालयसँग समन्वय गरी नागरिकता दिनेबारे प्रक्रिया अघि बढ्छ’ स्रोतले भन्यो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

No comments:

Post a Comment

 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...