Stoke Bazar
काठमाडौं : नेप्से सूचक एक महिनायता समग्रमा बढ्न सुरु गरेको छ । १८५० को विन्दुमा रहेको सूचक यस अवधिसम्म आइपुग्दा २१४९ को विन्दुमा पुगेको छ । यी सूचकलाई आधार मान्दा अहिले पनि बजार १५% ले बढेको देखिन्छ । यद्दपि, नेप्सेले गत मंगलबार बनाएको २२७७ को इन्ट्रा डे हाईलाई आधार मान्ने हो भने बजार १८५० को विन्दुबाट २३% ले बढेको भन्न सकिन्छ । उक्त विन्दुबाट अहिले सामान्य करेक्सन आएर सूचक २१४९ बन्द भएको छ ।
अघिल्लो न्यूनतमा विन्दुबाट बजार २०% बढ्यो भने बुल रन सुरु भएको बुझ्न सकिने जानकारहरु बताउँछन् । त्यसैले पनि आगामी दिन नेप्सेले तय गर्ने यात्रा सुखद हुने कुरामा लगानीकर्ताहरु विश्वस्त छन् । माघ महिना लागेसँगै सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय रिपोर्टहरु पनि सार्वजनिक गर्नेछन् । रिपोर्ट पनि राम्रो आउने अनुमान गर्न सकिन्छ । दैनिक कारोबार रकम पनि बढेको छ । बजारमा तरलता पनि सहज हुँदै गएको छ । देशमा भित्रिने रेमिटेन्स पनि गत वर्षको भन्दा २३% ले बढेको छ ।
अर्थतन्त्रका अन्य सूचकहरु पनि सुधारोन्मुख देखिनु बजार बढ्ने आधार भएको जानकारहरुको भनाई रहेको छ । यसरी बजारमा सकारात्मक माहोल रहँदै गर्दा लगानीका लागि कस्ता कम्पनी छनोट गर्ने, लगानीकर्ताले सेयर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, सरकार तथा नियामकले खेल्नुपर्ने भूमिका, बजारलाई आवश्यक पर्ने उपकरणह्ररु लगायतका विषयहरुमा केन्द्रीत रहेर सेयर बजारका जानकार तथा वित्तीय विश्लेषक मुक्ति अर्यालसँग नेपाली पैसाका निराजन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः
No comments:
Post a Comment