Sunday, 5 February 2023

 Nepal Life Insurance Records 237.29% Growth in Net Profit


Feb 05, 2023 10:31 AM


The net profit of Nepal Life Insurance Company (NLIC) has logged impressive growth in the second quarter of the current FY.


The company recorded 237.29 percent growth in net profit during the period. It earned net profit of Rs 440.1 million compared to Rs 130.4 million of the corresponding period of the last FY.


In the review period, its net insurance premium increased by 1.60 percent to Rs 18.40 billion.


Along with its net profit, its EPS also increased by Rs 7.10 to Rs 10.73. the company has P/E ratio of 68.44 times and net worth per share of Rs 116.01.


During the period, the company increased its paid-up capital by 14 percent, reserve fund by 72.59 percent, life insurance fund by 20.84 and catastrophic fund by 15.82 percent.






 वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २२ गतेदेखि) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।


सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।



शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन





Feb 05, 2023 06:25 AM Stoke Bazar 


शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।




कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर थप गरि सर्वसाधारणमा निष्काशन गरेको हो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।


लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको उर्जा मन्त्रालयबाट २०६४ चैत २१ गते विद्युत उत्पादनको अनुमति पाएको थियो। कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ।


सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ९.०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९.८६ वर्ष रहेको छ।

Saturday, 4 February 2023

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तअा












 प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तअा

 २०७९ माघ २१ गते ९:४९ बजे


२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।


अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।


भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।


 

आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।

 आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।




आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।


मेन्छियाम हाईड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।


बोर्डले कम्पनीलाई माघ १९ गते साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको हो ।

आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।

 आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।

कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति पाएसँगै पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।


Friday, 3 February 2023

कालिञ्चोक दर्शनको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?


कालिञ्चोक दर्शनको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?



कालिञ्चोक दर्शनको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?


कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते, मंगलबारदेखि माघ ६ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (माघ १९ गते, बिहीबार) सम्पन्न भइसकेकाे छ ।

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।


नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसादेखि अधिकतम २ सय ३४ रुपैयाँ ४५ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।




कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ७८ रूपैयाँ १५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ३४ रुपैयाँ ४५ पैसा हुन्छ ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 


कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९ सय ६९ जना लगानीकर्ताहरूले १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।


मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ८९ हजार ६ सय ४० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् 

Thursday, 2 February 2023

 शेयरधितो कर्जाको १२ करोडको सीमा हटाउन सरकार सकारात्मकः अर्थमन्त्री



राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४÷१२ को नीति लिएको थियो ।


तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ४ हटाएर १२ करोडको सीमा कायमै राखेको थियो । शेयर बजार ४÷१२ को नीतिको कारण संकटामा परेको छ । वर्तमान सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अब शेयर धितोकर्जाको १२ करोडको सीमा हटाउने पक्षमा सकात्मक देखिएका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको वर्तमान अर्थतन्त्रमा चुनौति र समाधान विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमाको व्यवस्था हटाउन सकारात्मक देखिएका छन् ।

 आदर्श लघुवित्तको लाभांश प्रस्ताव, बोनश कति 



आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।


लघुवित्तको बुधबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोे आगामि वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।



Wednesday, 1 February 2023

 बागलुङमा एक जना पुरुषले आफैमाथि आगो लगाए



Feb 01, 2023 06:18 PM StokeBazar


नेपालमा आत्मदाहको घटना बढ्दै गइरहेको छ । निरन्तर जसो आफैमाथि आगो लगाइरहेको अवस्थामा बुधबार पनि बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै आफूमाथि आगो लगाएका हुन् ।


घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। उनको हाल धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

यद्यपी उनले आत्मदाहको कोशिष किन गरे भन्ने कारण खुलिसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

रवि लामिछानेकाे पार्टी खारेजीकाे माग गरी निर्वाचन आयाेगमा उजुरी

 रवि लामिछानेकाे पार्टी खारेजीकाे माग गरी निर्वाचन आयाेगमा उजुरी।



पार्टी" खारेजीकाे माग गर्दै निर्वाचन आयाेगमा उजुरी परेकाे छ । युवराज पौडेल (सफल) ले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।


पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकाेले पार्टी खारेज गर्नुपर्ने उजुरीमा उल्लेख छ । 

उजुरी हेर्नुहोस्।









लामिछानेले पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

लामिछानेले पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ।

लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो। त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए।

लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन। लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँ रहेको हो। ‘उहाँ (लामिछाने) ले अझैसम्म अमेरिकी नागरिकता त्यागेरनत्यागेको विषयमा आधिकारिक प्रमाण आएको छैन,’ युवराज पौडेल (सफल) भन्छन्, ‘नेपाल सरकारका निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसक्दै विश्वास गरिहाल्नुपर्ने अवस्था छैन ।’ 

लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै यिनै पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए। लामिछानेको नागरिकता छानबिनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले उनको अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भएरनभएको विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावाससँग जानकारी मागेको थियो। यसबारे दूतावासले अहिलेसम्म कुनै जवाफ दिइनसकेको प्रहरी स्रोतले बतायो। नागरिक दैनिकमा समाचार छ ।

 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...