Tuesday, 31 January 2023

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा प्रति कारोबार १५ रुपैयाँ शुल्क लाग्ने

 अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा प्रति कारोबार १५ रुपैयाँ शुल्क लाग्ने

Stoke Bazar 


काठमाडौं । अबदेखि एउटा बैंकको कार्ड अर्काे बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम दुई ओटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरिएको थियो।

राष्ट्र बैंकले 'भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन' अन्तर्गत अन्तर एटीएममा हुने हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेकाे हाे । अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेपनि शुल्कको दायरा भने घटाइएको छ ।



नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन पाउने छैनन् । यसअघि यस्तो कारोबारमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । 

‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन-२०७९' मा भनिएको छ ।


यसरी एटीएम कार्डबाट कारोबार गर्दै एक पटकमा २५ हजार, दैनिक एक लाख र एक महिनामा चार लाख रुपैयाँसम्म रकम झिक्न पाइने व्यवस्था गरिएकाे छ ।

पाकिस्तानको एक मस्जिदमा बम विष्फोट हुँदा ५९ जनाको मृत्यु

 पाकिस्तानको एक मस्जिदमा बम विष्फोट हुँदा ५९ जनाको मृत्यु।


Stoke Bazar : पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा बम विष्फोट हुँदा ५९ जनाको मृत्यु भएको छ । बम विष्फोटबाट १५० जना मानिस घाइते भएका छन् । आक्रमणकारीले मस्जिदको सुरक्षाका लागि खटिएका प्रहरीलाई लक्षित गरी विष्फोट गराएको बताइएको छ । अहिलेसम्म आक्रमणको कसले जिम्मेवारी लिएको छैन । तर पाकिस्तानी तालिबनाले आक्रमण गराएको हुनसक्ने अनुमान गरिएको छ । 

विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला

विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला

 मंगलबार, १७ माघ २०७९, ०६ : ४३ मा प्रकाशित



विद्युतीय राहदानी : एक महिनाका लागि अनलाइन बुकिङ खुला


विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए।


अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ। हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने छन्। 


थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले जनाएको छ। समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जानेछ। विभागका महानिर्देशक सुरेन्द्र यादवले सेवाग्राहीले अहिले जस्तो एउटै समयमा फाराम भर्न कुर्नु नपर्ने बताए । उनले भने, “अब आरामसँग फाराम भरेर आफूले चाहेको मितिमा इनरोलमेन्टका लागि आउँदा हुन्छ।”


एक महिनाका लागि अग्रिम फाराम भर्नका लागि पहिलो दिन सोमबार अपरान्ह साढे ३ बजे खुलाइयो। उनले माघ १७ गतेदेखि भने जुनसुकै समयमा भर्न सकिने गरी अग्रिम बुकिङका लागि सर्भर खुला रहने जानकारी दिए। उनका अनुसार दिउँसो भ्याइएन भने राति १० बजे अनलाइन बसेर पनि विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ। यसरी अनलाइन फारामको समयावधि एक महिना गराइसकेपछि तोकिएको मितिमा मात्र सेवाग्राहीले विभाग परिसरमा पाइला टेक्दा हुने नीति विभागले अवलम्बन गरेको छ। अब हरेक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। यसले विभागमा अहिलेसम्म हुँदै आइरहेको अचाक्ली भीडभाड र अस्तव्यस्तताको अन्त्य हुने दाबी विभागले गरेको छ। 


विभागका निर्देशक डमरुबल्लभ पौडेलले भने, “एक महिने अग्रिम बुकिङले आफ्नो समयमा आउने र बायोमेट्रिक गरेर फर्कन सकिने भएकाले पनि सहज हुने आशा राखेका छौँ।” पौडेलका अनुसार विभागको अनलाइन प्रणालीमा गरिएको सुधारका कारण यो अभ्यासले सहज सेवा पहुँच हुनेछ तर विगतको जस्तो सबैजना एकै पटक एउटै समयमा अनलाइन फाराम भर्न बसेको खण्डमा भने सर्भरमा बढी चाप भएर समस्या आउन सक्छ। उनका अनुसार यस व्यवस्थाले विभागले हरेक दिन एक महिनाका लागि एक हजार पाँच सयको दरमा फाराम खुलाउँदा महिनाको चार हजार जनाले फाराम भर्न सक्ने छन्। त्यो दरमा फाराम दर्ता हुन्छ कि हुन्न भन्ने सर्वेक्षण गर्न र जिल्ला तथा इलाका प्रशासनको कार्यक्षमताको मूल्याङ्कन गर्न पनि यो व्यवस्थाले सघाउनेछ। 


फाराम भर्नकै लागि अनलाइन सुविधा खोज्दै साइबर पुग्ने अवस्थाको अन्त्य केही हदसम्म गर्न सकिने दाबी उनले गरे। यसले बिचौलियालाई फाराम भर्नकै लागि अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने मनसाय विभागले राखेको छ। जिल्लाको सेवासुविधा विस्तारका लागि गृह मन्त्रालयसँग समन्वय गरेर क्षमता बढाउन विभागले अनुरोध गरेको छ। योसँगै अब राहदानी छिटो दिलाउन कुनै पनि दबाब विभागलाई नदिन, आफ्नो समयबाहेकमा आएर भीडभाड नगर्न र राहदानी तयार भएको वा अस्वीकार भएको मोबाइल सन्देशअनुसार मात्र लिन र पुनप्र्राप्तिको प्रक्रियामा सहभागी हुन सेवाग्राहीलाई विभागले अपिल गरेको छ। गोरखापत्र दैनिकमा समाचार छ । 

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



Jan 31, 2023 05:36 AM


माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ। 


कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।




कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।


कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


कम्पनीले प्रबर्धन गरिरहेको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ भने आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७१ जेठ ६ गतेदेखि २१०६ जेठ २५ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ७.३८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.१७ वर्ष रहेको छ।

Monday, 30 January 2023

 पेट्रोल को ट्यांकर चोरी

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ ।

 मौद्रिक नीतिकाे समीक्षामा पूर्व बैकरको सुझावः आर्थिक गतिविधिलाई चलायमान बनाउने किसिमको ब्याजदर हुनुपर्छ

आम चुनाव भएर सरकार गठन भएसँगै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन संशोधन गर्ने र सामान आयातको लागि एलसी खोल्दा नगद मार्जिन हटाउने बाहेक अन्य ठोस केही गरेको छैन । राष्ट्र बैककै तथ्यांक अनुसार बैंकमा निक्षेप बढ्न थालेसँगै तरलता विस्तारै सहज हुँदै गएको छ भने बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी निक्षेपमा व्याज दर समेत घटाएका छन् ।अघिल्लो महिना निक्षेपमा व्याज दर बढेको हुनाले दोस्रो त्रैमासमा बेस रेट बढेकाले केही मात्रामा कर्जाको व्याज भने बढेको छ तर राष्ट्र बैकले पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत स्प्रेड दरलाई घटाएर चालु आवको असारमसान्तसम्म ४ प्रतिशतमा पुर्याउन निर्देशन दिएकाले ऋणको व्याज दर पनि बढ्ने भन्दा घट्ने ठाउँ नै प्रशस्त रहेको बैकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक नीतिको समीक्षाको लागि सुझाव आह्वान गरेको छ । मेरो लगानीले केही पूर्व बैकरहरुसँग मौद्रिक नीति समीक्षाको लागि सुझाव मागेको थियो ।

विदेशी मुद्राको सञ्चिति बढाउने र आर्थिक गतिविधि बढाउने दिशाउन्मुख

भुवन दाहाल, पूर्व बैंकर।


उत्पादनशील क्षेत्रको व्याज दरलाई कम गर्ने विषय मौद्रिक नीतिको बुँदा पसिकेको छ । नेपाली उत्पादनलाई बढावा दिएर विदेशी मुद्राको सञ्चिति बढाउने र दीर्घकालमा चालु खाता घाटा घटाउन सकिन्छ भन्ने नै यसको उद्देश्य हो । यो विषयमा निर्देशन जारी नभएको अवस्था हो ।

आर्थिक गतिविधिलाई चलायमान बनाउने किसिमको व्याज दर भए उत्तम हुने थियो । विदेशी मुद्रा सञ्चितिलाई संरक्षण गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउने हिसाबले मौद्रिक नीतिको समीक्षा हुँदा राम्रो हुन्छ । अहिले तरलताको अवस्था सुधारोन्मुख नै छ । अब ऋणको व्याज दर पनि विस्तारै घट्दै जानेछ ।

उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने हिसाबले के के सुविधा दिनुपर्ने हो, त्यो दियो भने विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गर्छ । अहिलेको समस्या भनेको विदेशी मुु्द्रा सञ्चितिमा आएको कमी हो । नेपाल पनि श्रीलंका, पाकिस्तानको बाटोमा नजाओस् भन्नका लागि राष्ट्र बैंकले विदेशी मुद्रा संरक्षण गर्न खोजेको हो । विदेशी मुद्राको संरक्षण कसरी गर्ने भन्दा आयात कम गरेर निर्यात बढाउने हो । हामीले निर्यात धेरै गर्न नसके पनि आयात कम गर्न सक्ने प्रशस्त ठाउँ छन् ।

पुसबाट आयात रोक्का रहेको गाडी, मदिरा र मोबाइलको समेत आयात खुला गरेका छौं । आयात खुला गरे पनि अहिले बजारमा पहिला जस्तै यी सामानहरुको माग बढेको पाइएको छैन । मेरो विचारमा यी सामानहरु आयात खुला गरेर कर बढाउनुपर्छ । सरकारलाई राजस्व पनि आउँछ । आयात बन्द गर्दा पनि नेपालमा गाडी बाहेक सबै सामान तस्करी भएर नेपाल भित्रिएकै छन् । यसले विदेशी मुद्रा सञ्चितिलाई पनि सहयोग भएन, सरकारले राजस्व पनि गुमायो ।

अहिले मुद्रास्फिति ८ प्रतिशतको हाराहारीमा भएको हुनाले मुद्दती निक्षेपको दर १० प्रतिशतको हाराहारीमा पुग्नुपर्छ जस्तो लाग्छ ।

अहिलेको मौद्रिक नीतिको फोकस भनेको विदेशी मुद्राको सञ्चिति बढाउने र आर्थिक गतिविधि बढाउने हुनुपर्छ । आर्थिक गतिविधि बढेन भने बैंकहरुको खराब कर्जा बढ्ने रहेछ भन्ने देखियो । अर्थतन्त्र चलायमान भएन भने यो दर चैत्रमा अझ बढ्न सक्छ । व्याज दर घटिरहेको हुनाले चलायमान हुन्छ कि भन्ने आशा गरेको छु । बैंकसँग डेढ खर्ब रुपैयाँ जति ऋण दिन सक्ने रकम पनि छ ।


मुद्रा बजार र एसएलएफको विषयमा सम्बोधन हुनुपर्छ

पर्शुराम कुँवर क्षेत्री, पूर्व बैंकर



मलाई मौद्रिक नीतिको समीक्षामा धेरै गर्ने ठाउँ छ जस्तो लाग्दैन । बैंकहरुले एक हप्तामा कायम रहेको निक्षेपको १ प्रतिशतभन्दा बढी एसएलएफ लिन नपाउने प्रावधान रहेको छ । अघिल्लो आवमा त्यस्तो व्यवस्था थिएन । यो पटक बैंकहरुले ट्रेजरी बिल्समा व्याज दर नै धेरै मागे । अनि सरकारले आन्तरिक ऋण उठाउँदै उठाएन । यसकारण यो सिलिङ चाँहि हटाउनुपर्छ जस्तो लाग्छ । हटाएन भने बैंकहरुले ट्रेजरी बिल्स किन्दैनन् । सरकारले कि त बैकहरुलाई सरकारी ऋणपत्रहरु किन्नैपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्छ ।

अहिलेको अवस्थामा अन्तर बैंक व्याज दर नै ५ प्रतिशतभन्दा तल आएकाले एसएलएफ लिनै नपर्ने अवस्था छ । ट्रेजरी बिल्समा बैंकहरुले किन लगानी गरिराखेको छैनन त ? बिहीबारको ७ दिने रिभर्स रिपोमा ४.३ प्रतिशत हाल्नेहरुले अघिल्लो हप्ता ३६४ दिने ट्रेजरी बिल्समा किन ११ प्रतिशतभन्दा बढी व्याज मागेको नि ?

ट्रेजरी बिल्सको धितोमा एसएलएफ लिन पाउँदैन भने बैकहरुले किन ट्रेजरी बिल्समा लगानी गर्ने त ? अहिलेको अवस्थामा बैंकलाई एसएलएफ चाँहिदैन, जुन बेला एसएलएफ चाहिन्छ, त्यो बेला १ प्रतिशतभन्दा बढी माग गर्न पाउँदैन । त्यो १ प्रतिशतले बैंकलाई नपुग्न सक्छ । त्यो भयो भने त्यो ट्रेजरी बिल्समा बैंकले किन लगानी गर्ने ? कि त ट्रेजरी बिल्समा पनि ऋण सरह नै बढी व्याज आउनुपर्यो ।

बैंकहरुले किनेनन भने पनि सरकारले आन्तरिक ऋण त उठाउँछ । तथ्यांक हेर्नुभयो भने राष्ट्र बैंकले सरकारी प्रत्याभुतिहरुमा गरेको लगानी असार मसान्तमा ५४.४६ अर्ब रहेकोमा अहिले पुस मसान्तसम्म आइपुग्दा बढेर १३५.८४ अर्ब पुगेको छ । यो भनेको बैंकहरुले नविकरण नगरेर राष्ट्र बैंकले किनिदिँदा बढेको हो । बैंकहरुले नकिन्ने राष्ट्र बैंकले मात्रै किनेर हुन्छ त । अहिले सरकारी वित्तको असन्तुलन जस्तो देखिएको छ, यसमा केही समायोजन गर्नुपर्छ ।पोलिसी रेट अहिले ७ प्रतिशत छ । अन्तर बैंक व्याज दर यो दर भन्दा २ प्रतिशत माथि अथवा तल आयो भने रिपो वा रिभर्स ल्याउँछौ भनिएको छ । अन्तर बैक व्याज दर ५ प्रतिशतभन्दा तल झरेको बेला केन्द्रीय बैंकले रिभर्स रिपो कल गरेको छ । हालै अन्तर बैक व्याज दर ५ प्रतिशतभन्दा तल गएपछि राष्ट्र बैंकले ५ अर्बको रिभर्स रिपो ल्याएको छ । बजारमा भएको तरलता रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले तानेको छ ।

आउने सोमबार फेरि ट्रेजरी बिल्स छ । अघिल्लो सोमबारको ७०० करोड ट्रेजरी बिल्स बैकहरुले महंगो व्याज कोट गरेको कारण राष्ट्र बैंकले आफै राखेको छ । आगामी सोमबार फेरि ३ सय ६४ दिनको ६ सय करोडको ट्रेजरी बिल्स छ । २४ गते फेरि ७ सय करोडको ट्रेजरी बिल्स बेच्दैछ । यसो हुँदा बैंकहरुले कसरी किन्ने ? रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले तरलता तानेको छ । ताजा ट्रेजरी बिल्सहरु लगातार निष्काशन हुँदैछ त्यसमाथि नविकरण त बाँकी नै छ । मुद्रा बजारको सम्बन्धमा पनि राष्ट्र बैंकले केही विचार गर्नुपर्छ जस्तो लाग्छ ।

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

Stoke Bazar 


 अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश । भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराइन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

Sunday, 29 January 2023

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः नियुक्त

 रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः नियुक्त


Jan 29, 2023 06:25 PM 


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः नियुक्त भएका छन्। आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।


आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र पूर्व गृहमन्त्री लामिछानेले लिएका थिए ।




लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट उनी पदमुक्त भएका थिए ।

 कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुने, करिब ९० हजारले मात्रै पाउने



Jan 29, 2023 03:29 PM Stoke Bazar


कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।



बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट दुई÷दिन भित्रै प्रिअलटमेन्ट सकाएर यहि साता शेयर बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ ।

 मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । 


काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । 


कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको हो । 



कम्पनीले रु. १०० अंकित दरका ७ लाख ९० हजार कित्ता आईपीओ आयोजना प्रभावित दोलखा जिल्लावासी र १ लाख ५२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । 


स्थानीयले छिटोमा माघ २९ गते गतेसम्म र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २९ गतेसम्ममात्रै आवेदन दिन पाउने बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ । 


रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम


 रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम 


रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुन: कायम गराएका हुन् ।


 सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्...